काठमाडौंमा मेलम्चीको पानि आज देखि धारा–धारामा

काठमाडौं। मेलम्चीको पानी आजदेखि काठमाडौंका धारा–धारामा वितरण गरिने भएको छ। मेलम्चीको पानी वितरणका लागि राजधानीका तीन ठाउँका ट्यांकीमा पानी भरिँदै छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडल (केयूकेल)का अनुसार पुरानै पाइपबाट पानी घर–घरमा छाड्न लागिएको हो।

केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार आज बिहान १० बजेदेखि अनामनगर, मीनभवन र महाँकालका ट्यांकीमा पानी भर्न सुरु गरिएको छ। धारामा पानी सहजै जाने र सडकमा पानी चुहावट नहुने अनुमान गरिएको उनको भनाइ छ। ‘‘सबै धारामा एकैचोटी पानी आउँदैन।

हामीले सिफ्ट मिलाएर पठाउँछौँ। ट्यांकीमा पानी भर्ने काम भइरहेको छ। यी ट्यांकीबाट चार करोड लिटर पानी वितरण गर्ने तयारी थालेका छौँ,” उनले भने, ‘‘त्यसैले पनि पानी चुहावट र सडक जलमग्न हुने जोखिम कम छ।”

अन्य सम्बन्धित समाचार:  प्रेस पासको दुरुपयोग भए कारवाही