बसन्तपुरमा होलीको रौनक (फोटो फिचर)

काठमाडौं। पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम बढेको छ। सरकारले होली मनाउँदा सावधानी अपनाएर मनाउँन आग्रह गरेको छ। यसैबीच रङहरुको पर्व फागू पूर्णिमा आज नेपालको पहाडी जिल्लामा आपसमा रङ खेलेर मनाइएको छ।

काठमाडौं उपत्यकामा धेरै मानिसहरू बसन्तपुर क्षेत्रमा होली खेल्न पुगेका छन्। हरेक वर्ष बसन्तपुरमा ठूलो समूहमा भेला भएर मानिसहरुले होली मनाउँछन्। युवाहरु ठूलो संख्यामा बसन्तपुर पुगेर आपसमा रङ दल्ने र खुशियाली मनाउने गरिरहेका छन् ।

आइतबार विहान १० बजेपछि मानिसहरु बसन्तपुर क्षेत्रमा जान थालेका थिए। सुरुमा सानो समूह भएकाले प्रहरीले उनीहरुलाई भेला हुन र रङ खेल्न रोकेको थियो। तर पछि ठूलो समूह जम्मा भएपछि प्रहरीलाई पनि रोक्न कठिन भएको छ।

 

अन्य सम्बन्धित समाचार:  टिकटक बनाउने क्रममा भीरबाट लडेर युवकको मृत्यु