माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

बझाङ। बझाङमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। माटो खन्दै गर्दा माथिबाट खसेको ढिस्कोमा पुरिएर जयपृथ्वी नगरपालिका–८ पैयातोलाकी २५ वर्षिया मञ्जु वमको मृत्यु भएको जनाइएको छ।

नयाँ वर्षका लागि घर पोत्ने माटो ल्याउन गएकी वमको आज विहान ७ बजे घटनास्थलमै मृत्यु भएको हो। स्थानिय चार जना महिला आईतबार बिहान माटो लिन जयपृथ्वी नगरपालिका–३ आमपाटा गएका थिए। माटो खन्दै गर्दा एक्कासी ढिस्को भत्कीएर पुरिएपछि सँगै गएका महिलाले स्थानीयलाई खबर गरेका थिए।

अन्य सम्बन्धित समाचार:  आज आमाको मुख हेर्ने दिन