प्रदेश १ को प्रदेशसभा बैठक सोमबार बस्दै

विराटनगर। प्रदेश १ को प्रदेशसभा बैठक सोमबार २ बजे बोलाइएको छ। गत चैत १ गते स्थगित भएको बैठक सोमबार बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

आइतबार एक सूचना प्रकाशित गरी प्रदेशसभा सचिवालयले बैठकबारे जानकारी दिएको हो। मुख्यमन्त्री शेरधर राईविरूद्ध अविश्वास प्रस्ताव पेश भएपछि प्रदेशसभा बैठक सूचना निकाल्दै सरिरहेको थियो। अब एमाले सांसदहरूले मुख्यमन्त्री राईविरूद्धको अविश्वास फिर्ता लिने भएका छन्।

अन्य सम्बन्धित समाचार:  चौलागाईको निधनबाट एमालेले निष्ठावान नेता गुमायोः प्रधानमन्त्री ओली