काठमाडौंमा मेलम्चीको पानी पुग्यो धारा– धारामा

काठमाडौं। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मेलम्चीको पानी धारामा पठाउन सुरु गरेको छ। आज दिउँसो दुई बजेदेखि केयुकेएलले धारामा पानी छोडेको हो। महांकालको ट्यांकीमा चढाइएको पानी दुई बजेदेखि धारामा पठाइएको केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए बताए।

उनका अनुसार अनुसार मीन भवन, अनामनगर, बाँसबारी, बालाजु र महाराजगञ्जस्थित रिजर्भ ट्यांकीमा पनि पानी चढाएर वितरण गरिने छ। नयाँ संरचना तयार भइनसकेको हुँदा पुरानै संरचनाबाट पानी पठाइएको जनाइएको छ। परीक्षण सफल भएपछि धारामा पानी पठाइएको हो।

पहिलो चरणमा चक्रपथभित्र र आसपासका झण्डै दुई लाख धाराका उपभोक्ताले मेलम्चीको पानी पिउन पाउने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  हेटौंडामा ट्रक र बस ठोक्किदा १८ जना घाइते