आयोजकले नै पायो चुली कपको उपाधि

कर्णाली। वीरेन्द्रनगरमा सम्पन्न प्रथम चुलीकप भलिबल प्रतियोगिताको उपाधि आयोजक चुली युवा क्लबले नै हात पारेको छ। प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा रुकुम पश्चिमको टोलीलाई हराउँदै चुली युवा क्लबले उपाधि जितेको हो।

फाइनल प्रतियोगितामा रुकुम पश्चिमलाई सोझो तीन सेटमा हराउँदै चुलीले उपाधि हात पा¥यो। विजेता चुली युवा क्लबले रु दुई लाख र टर्फी पाएको छ। उपाधिको दाबेदार रुकुम पश्चिमले भने उप–विजेतामा चित्त बुझाउनुप¥य । उसले नगद रु एक लाख ५० हजार र टर्फी पायो। भलिबल प्रतियोगितामा हाम्रो कम्प्युटर इन्स्टिच्युट सुर्खेतको टोली तेस्रो तथा सल्यानको बनगाड कुपिण्डे युवा क्लब चौथो भएको छन्। तेस्रोले नगद रु एक लाख र चौथोले रु ५० हजारसहित टर्फी पाएका छन्।

अन्य सम्बन्धित समाचार:  बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट

आयोजकका अनुसार कर्णाली प्रदेशमा आयोजना भएका भलिबल प्रतियोगितामा यो हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो। विजेता टोलीलाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले पुरस्कार वितरण गरे।