प्रधानमन्त्री ओली र सभामुखबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। आज प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए।

त्यस क्रममा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले बताए।

अन्य सम्बन्धित समाचार:  देउवा र प्रचण्डबीच टेलिफोन वार्ता, के भयो कुराकानी?