हात्तिको आक्रमणबाट एकजनाको मृत्यु

माेटरसाइकल

सिन्धुली। सिन्धुली जिल्लाको दुधौली नगरपालिका ३ को कालिपानिमा जंंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। सोही ठाउँका रमेश परियारको मृत्यु भएको हो। गयराति जंगली हात्तिले घर भत्काएर आक्रमण गर्दा परियारको मृत्यु भएको जनाइएको छ।

दुधौली नगरपालिकामा यसअघि पनि पटक–पटक जंगली हात्ति बस्तिमा छिरेर वालीनाली नष्ट पार्ने गरेको स्थानीयले गुनासो गरेका छन्।

अन्य सम्बन्धित समाचार:  उदयपुरमा आजदेखि निषेधाज्ञा