देशभर थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ८९ जनामा कोेरोना संक्रमण पुष्टि भएको छ। यो संगै हालसम्म देशभर २ लाख ७६ हजार ८३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार आज देशभर ९५ जना कोरोना संक्रमित निको भएका छन् भने हाल देशभर १ हजार २८२ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यसैगरी आज देशभर कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा देखिएको कोरोनाको बी.१.६१७ भेरियन्ट विश्वका ४४ देशमा पुग्यो