आर्मी र किर्गिस्तानको यू–२३ टोलीबीचको खेल गोलरहित बराबरी

काठमाडौं। त्रिभुवन आर्मी फुटबल क्लबले किर्गिस्तानको यू–२३ टिमसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ। एएफसी कप–२०२१ प्ले अफको तयारीमा रहेको आर्मी क्लबले –अहिले किर्गिस्तानको यू–२३ टिमसँग बराबरी खेलेको छ। उक्त त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको हो।

उक्त खेलको पहिलो मिनेटमा आर्मीका नवयुग श्रेष्ठले डिबक्स छेउबाट बल हेड गरे पनि गोल हुन सकेको थिएन। खेलको २६ औं मिनेटमा १८ यार्डबाट अभिलोभ अर्नाजको भली प्रहार पोस्ट बारमा लागेर फर्किदा किर्गिस्तान अग्रता बनाउन असफल भएको थियो। खेलको ४७ औं मिनेटमा आर्मीका विवेक बस्नेतले फ्री पाएको बललाई पनि गोलमा परिणत गर्न सकेनन्। आर्मीले एएफसीको प्ले अफमा श्रीलंकाको पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

अन्य सम्बन्धित समाचार:  आईपीएल खेल्न भारत पुगेका अष्ट्रेलियन खेलाडी माल्दिभ्समा