दुर्घटना हुँदा छ भारतीय मजदूर घाइते

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका–४ मा आज से १ त ८२५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा छ भारतीय मजदूर घाइते भएका छन्। सडक कालोपत्रे गर्ने क्रममा बिछ्याइएको अलकत्रामा चिप्लिएर ट्रलीसहितको ट्याक्टर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

घाइते हुनेमा भारत उत्तर प्रदेश, नानपाराका राजकुमार, कमलेशकुमार, गिरी धारीलाल, संजयकुमार, निरज कुमार र चालक मोहम्मद साह रहेका छन्। स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ। स्थानीय क्षेत्रमा दक्ष कामदार नपाउँदा सडक कालोपत्रे गर्ने कामका लागि भारतका विभिन्न क्षेत्रवाट कामदार आउने गरेका छन्।

अन्य सम्बन्धित समाचार:  देशभरको मौसम पूर्णरुपमा खुल्न केही दिन लाग्ने