प्रधानमन्त्री ओली नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न जाने

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशाला जाने भएका छन्। नेपाल र बंगलादेशबीच हुने त्रिदेशीय कप फुटबलअन्तर्गत फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जान लागेका हुन्।

फाइनल खेल साढे ५ बजे हुदै छ। एन्फाका प्रवक्ता किरण राईले प्रधानमन्त्री ओली फाइनल खेल हेर्न आउने र खेलपछि पुरस्कार समेत वितरण गर्ने कार्यक्रम भएको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  सिंहदरबारमा सीसीएमसी बैठक जारी