सुनको मूल्य बढ्यो, तोलको कति?

काठमाडौं। सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ। शुक्रबार ८६ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबारका लागि ८६ हजार पाँच सय रुपैयाँ तोकिएको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५० रुपैयाँ तोकिएको छ। शुक्रबार तेजाबी सुनको प्रतितोला मूल्य ८५ हजार ८५० रुपैयाँ थियो।

यस्तै यता चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेर कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार १२ सय २५ रुपैयाँ कायम भएको छ।

 

अन्य सम्बन्धित समाचार:  सुन चोरीपैठारी गरी अर्बाैँ राजस्व छल्नेविरुद्ध मुद्दा