विप्लव पक्षका १२६ जना जेलमै, वार्तापछि १५ जना छुटे

काठमाडौं। सरकारसँगको सहमतिपछि नेत्रविक्रम चन्द ‘विप्लव’ पक्षका १५ जना जेलमुक्त भएका छन्। भने १२६ जना जेलमै छ। गएको फागुन २१ गते सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमति भएको थियो। सहमतिमा प्रतिबन्ध फुकुवा, जेलमा रहेका नेता–कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता लिने उल्लेख थियो।

सोही सहमतिपछि विप्लव पक्षका नेता धर्मेन्द्र बास्तोलालगायतका केही नेता छुटेका थिए। तर, कतिपय गम्भीर प्रकृतिका मुद्दामा विप्लव पक्षका नेता–कार्यकर्ता पक्राउ परेकाले रिहाइको विषयमा सरकारी पक्षबीचमै द्विविधा देखिन्छ। प्रतिबन्धपछि विप्लव पक्षले झन् बढी हिसांत्मक बाटो अंगालेको थियो। कयौँ स्थानमा विस्फोट, आगजनी, अपहरण र केही हत्याका घटनामा पनि सो समूह जोडिएको थियो।

अन्य सम्बन्धित समाचार:  एकै दिनमा ९३०५ जनामा संक्रमण पुष्टि, १६८ मृतक थपिए