तीन लाख ४० हजारसहित पाँच जुवाडे पक्राउ

काठमाडौं। झापामा पाँच जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। दमक नगरपालिका–१, हल्दार चोकस्थित मेनम राईको घरमा तास खेलिरहेको अवस्थामा ३२ वर्षीय सविन राईलगायत पाँचजना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ४० हजार ५०० रुपैयाँ, आठथान मोबाइल र ताससहित फेला पारी पक्राउ गरेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  नलकटुवा पेस्तोलसहित एक पक्राउ