बर्दियामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

काठमाडौं। बर्दियामा बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। खेतमा सिँचाइ गर्न गएका गेरुवा गाउँपालिका–१ का ३५ वर्षीय चुलाराम थारुलाई आज बिहान साढे ५ बजे पाटेबाघले आक्रमण गरेको हो।

बाघको आक्रमणबाट टाउको र ढाडमा गम्भीर चोट लागेका थारुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीले बताए। पछिल्लो समय बर्दियामा बाघको आक्रमण बढ्दै गइरहेको छ। यसअघि नरभक्षी भएको आशंकामा दुईवटा बाघ नियन्त्रणमा लिइएको थियो।

अन्य सम्बन्धित समाचार:  गोरखामा बुधवार रातिदेखि जिल्लाभर निषेधाज्ञा