सर्वोच्च अदालतभित्र दुई अधिवक्ताबिच कुटाकुट

विघटन मुद्दा

काठमाडौँ। सर्वोच्च अदालत परिसरभित्र दुई अधिवक्ताबिच कुटाकुट भएको छ। आज दिउँसो सर्वोच्च परिसरभित्र अधिवक्ता किरण जोशी र प्रमोद गुप्ताबिच कुटाकुट भएको जनाइएको छ। अधिवक्ताद्वय जोशी र गुप्ताबिच व्यक्तिगत लेनदेनको विषयमा कुटाकुट भएको हो।

गुप्ताले जोशीबाट पाँच वर्षअघि १ लाख रुपैयाँ लिएको र सोही रकमको विषयमा कुटाकुट भएको जनाइएको छ। अधिवक्ता जोशीले गुप्तासँग पैसा मागेपछि कुटाकुट भएको थियो। कुटाकुटबाट जोशीको मुखमा चोट लागेको छ। अधिवक्ता जोशीले पटक पटक पैसा माग्दा पनि गुप्ताले नदिएको आरोप लगाएका छन्।

अन्य सम्बन्धित समाचार:  फिल्म फेस्टिभल ‘निफ’ आजबाट सुरु हुँदै