चैत २१ गतेसम्म शैक्षिक संस्था बन्द

काठमाडौं। सरकारले वायु प्रदूषण बढेका कारण चार दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले वायु प्रदूषणको असरबाट जोगिन चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ।

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताए। परीक्षा भने सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने छन्। अब आगामी आइतबार (चैत २२ गते) मात्रै शैक्षिक संस्था सञ्चालन हुने छन।

अन्य सम्बन्धित समाचार:  कर्णाली नदिमा टिपर दुर्घटना, दुईजना बेपत्ता