सुदूरपश्चिममा थप १५ जनामा कोरोना संक्रमण

कैलाली। सुदूरपश्चिममा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको जनाइएको छ। २९ नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

हाल सेती प्रादेशिक अस्पतालमा ४ जना संक्रमित उपचाररत रहेका छन्। संक्रमितमध्ये २ जनालाई आइशोलेसन र २ जनालाई आइसियुमा राखिएको श्रेष्ठले बताए।

अन्य सम्बन्धित समाचार:  टीकापुर अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग