देशभर थप १४१ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। देशभर थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै हालसम्म देशभर २ लाख ७६ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज देशभर ८२ जना कोरोना संक्रमित निको भएका छन भने हाल देशभर १ हजार ३४१ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यसंगरी आज कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा एकैदिन चार लाख १२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि