प्रधानमन्त्री ओली आउने भएपछि रंगशालाको सुरक्षा व्यवस्था कडा

काठमाडौं। थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले आज चिरप्रतिद्वन्द्वी बंगलादेशसँग भिड्दै छ। उक्त फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दरशथ रंगशाला आउँदै छन्। प्रधानमन्त्री ओली आउने भएपछि रंगशालाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

रंगशालामा नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन्। रंगशालामा व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालक गरिएको छ। त्यस्तै, रंगशालामा प्रहरी तथा सेनाको कुकुर पनि तैनाथ गरिएको छ।

आज साँझ साढे पाँच बजेबाट शुरु हुने खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला आउने जनाइएको छ। ओलीको साथमा सुवास नेम्वाङ लगायतका नेता र केही मन्त्री पनि सहभागि हुने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  विश्वासको मत नपाए मार्ग प्रशस्त गरिदिन्छु: प्रधानमन्त्री ओली