भिमाद नगरपालिकाले विद्यालय बन्द नगर्ने

माघ

तनहुँ। तनहुँको भिमाद नगरपालिका क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेकोले विद्यालय नियमित रुपमा सञ्चालन गर्न गराउन निर्देशन दिएको छ।

नगरपालिकाले सूचना जारी गर्दै भनेको छ ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमन्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूलक असरका कारण विद्यालयहरु २० गतेसम्म बन्द हुने सूचना जारी भएता पनि यस नगर क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्न गराउन निर्देशानुसार सुचित गरिन्छ।’

सरकारले वातावरण प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै भोलिदेखि ४ दिनसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।

अन्य सम्बन्धित समाचार:  ज्वरो र रुघाखोकी लागेका ४ जनाको मृत्यु