मंगलबारदेखि क्याम्पस पनि ४ दिनका लागि बन्द

काठमाडौं। पछिल्लो समयमा बढ्दो वायुप्रदुषणका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) र यसका आंगिक क्याम्पस मंगलबारदेखि चार दिनको लागि बन्द हुने भएका छन्।

त्रिविका प्रशासन प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना जारी गर्दै बताएका हुन्। तर परीक्षा चलिरहेको सन्दर्भमा स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रम यथावत रहनेगरी सञ्चालन हुने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  भीम रावलको स्वास्थ्यमा समस्या आएपछि एमाले वार्ता टोलीको बैठक अनिश्चित