घनश्याम भुषाल र सुरेन्द्र पाण्डेसँग फेरि स्पष्टिकरण मागियो

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग फेरि स्पष्टिकरण मागेका छन्। यस अघि चार जना नेतालाई स्पष्टिकरण सोधिएको थियो। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावलले स्पष्टिकरण दिएका थिए।

स्पष्टिकरण चित्त नबुझेको भन्दै ओलीले दुवै जनालाई ६ महिनाका लागि साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका हुन्। नेता भुषाल र पाण्डेले स्पष्टिकरणको जवाफ दिएका छैनन्। उनीहरुले जवाफ नदिएपछि फेरि स्पष्टिकरण माग गरिएको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथी वैशाख २७ मा मतदान