नेपाल समूहको स्थायी कमिटी बस्दै

काठमाडौं। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा निकटवर्तीहरूसँग छलफल गर्दै छन्।

नेता नेपालले अहिले मध्याह्न १२ बजे कलंकीस्थित मेगा बैंक्वेटमा आफूपक्षीय स्थायी कमिटी सदस्यहरूलाई छलफलका लागि बोलाएका छन्। नेता योगेश भट्टराईले स्थायी कमिटी सदस्यहरूबीच पछिल्लो अवस्था र पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न लागिएको बताए। स्रोतका अनुसार नेपाल समूहले देशव्यापी समानान्तर संरचना बनाउने रणनीति तय गरेको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना