सुनचाँदीको मुल्य घट्यो, तोलाको कति?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ। हिजो प्रतितोला ८६ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ५०० रुपैंयाले ओरालो लागेर प्रतितोला ८६ हजारमा कारोबार हुने सुनचादी व्यवसाय महासंघले जनाएको छ।

तेजावी सुनको मुल्य आज ८५ हजार ५५० रुपैंया रहेको छ। त्यसैगरी यता चाँदीको मुल्यमा पनि घटेर प्रतितोला १२ सय १५ रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो चाँदीको मुल्य प्रतितोला १२ सय २५ रुपैंया रहेको थियो। आज चाँदीको मुल्य तोलामा १० रुपैंयाले घटेको हो।

अन्य सम्बन्धित समाचार:  नेप्सेमा हरियाली कायमै