होली खेल्ने क्रममा झडपः एक महिलाको मृत्यु, वडाध्यक्ष घाइते

माेटरसाइकल

वीरगञ्ज। होलीमा सोमबार बारामा भएको झडपमा एक महिलाको मृत्यु भएको छ। होली खेल्ने क्रममा कलैया उपमहानगरपालिका वडा नम्बर २३ भतौडामा भएको झडपमा ६५ वर्षकी सन्जा देवीको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

सन्जाको घटनास्थलमै मृत्यु भएको हो। झडपमा ६ जना घाइते भएका छन्। घटनामा संलगन भएको आरोपमा चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। यस्तै होली खेल्ने क्रममै भएको झडपमा कलैया उपमहानगरपालिका २६ का वडाध्यक्ष घाइते भएका छन्। दुई पक्षका युवाबिच झडप हुँदा छुट्टाउन गएका वडा नम्बर २६ का अध्यक्ष महेश साह घाइते भएका हुन्।

अन्य सम्बन्धित समाचार:  काठमाडौं सीडीओले गरे निषेधाज्ञा अनुगमन