रहेनन मोहन्याल गाउँपालिकाका अध्यक्ष रावल

कैलाली। कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ। उच्च रक्तचाप लगायतका रोगले ग्रसीत उनको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको उनका स्वकीय सचिब नरेन्द्र थापाले जानकारी दिए।

मोहन्याल सोल्टास्थित आफ्नै घरमा केही दिन अघि अचानक बेहोस हुनु भएपछि उहाँलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पु¥याइएको थियो। यसपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो। उनी लामो सयमदेखि रक्तचापको औषधि खाइरहनु भएको थियो। उनी नेकपा (एमाले) को तर्फवाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। उनका तीन छोरा र श्रीमती छन्।

अन्य सम्बन्धित समाचार:  प्रचण्डले भने— माधवजीसँग कुरा हुँदैछ