ललितपुरको नख्खुमा पनि बर्ड फ्लु देखियो

काठमाडौं। ललितपुर महानगरपालिका १४ नख्खुमा बर्ड फ्लु संक्रमण पुष्टि भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार स्थानीय किसानले पालेको हाँस, लोकल कुखुरा र बट्टाईमा बर्ड फ्लु संक्रमण पुष्टि भएको हो।

केन्द्रीय पशुपन्छी रोग अन्वेन्षण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लु संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ। संक्रमण पुष्टि भएपछि सो क्षेत्रबाट पाँच यस १६ गोटा हाँस, ८५४ गोटा लोकल कुखुरा र १५४ गोटा बट्टाई नष्ट गरिएको छ।

अन्य सम्बन्धित समाचार:  भारतसँग जोडिएका सबै सीमा नाका बन्द, आवतजावतमा ठप्प