नेकपा नामसम्बन्धी प्रचण्डको पुनरावलोकन निवेदन सर्वोच्चमा दर्ता

काठमाडौं। नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले दिएको पुनरावलोकन निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चमा पुगेर पुनरावलोकन निवेदन दर्ता गराएका हुन्।

अब निस्सा दिने वा नदिनेबारे पेशी तोकिने छ। उक्त पेशी तीन जना न्यायाधीशको इजलासमा तोकिने छ। यसअघि दुईजना न्यायाधीशको इजलासले फैसला सुनाएकाले सोभन्दा ठूलो इजलाशले सुनुवाइ गर्नुपर्ने छ। सर्वोच्चले निस्सा दिएमा सुनुवाइ प्रक्रियामा जाने र नदिएमा यसअघिकै फैसला अन्तिम भएर बस्ने छ।

अन्य सम्बन्धित समाचार:  शीतल निवास पुगेर महन्थ र राजेन्द्रको राष्ट्रपतिलाइ आग्रह– उपेन्द्र आए वैधता नदिनू