घनश्यामको ओलीलाई जवाफः ‘तपाईको झुटबारे सबैलाई थाहा दिन पत्र लेखेँ’

काठमाडौं। नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको उत्तर पठाएका छन्। पार्टीको विधानविपरित काम गरेको भन्दै अध्यक्ष ओलीले नेता भुसालसहित ५ नेताहरुलाई स्पष्टीकरण सोधेका थिए।

त्यसको जवाफ फर्काउँदै नेता भुसालले ओलीले आफूहरुलाई सोधिएको स्पष्टीकरण शत्रु देशका नागरिकलाई पठाइएको जस्तो भएको टिप्पणी गरेका छन्। साथै ओलीले पूर्वाग्रही ढंगले आफूहरुलाई स्पष्टीकरण सोधेको दाबी गर्दै पार्टी पंक्तिलाई ओलीको झुटबारे जानकारी दिन पत्र लेखेको जनाएका छन्।

‘शत्रु देशका नागरिकलाई पठाइएको जस्तो तपाईको पत्रको जवाफ लेखिरहनुपर्ने आवश्यक थिएन अर्थात पठाउनु भएको मिथ्था पत्रका बारेमा स्पष्टीकरण दिनु पर्ने त हुँदै होइन, कुनै पनि उत्तर समेत लेख्न जरुरी छैन तर तपाईले लगाउनु भएको आरोपहरु कति पूर्वाग्रही छन् र तपाईका दाबीहरु कति झूठा छन् भन्ने कुरा पार्टी पङ्तिलाई जानकारी गराउनु पर्ने भएकाले यो पत्र लेख्दै छु।’ पत्रमा भनिएको छ।

अन्य सम्बन्धित समाचार:  एकै दिनमा ७,६६० जना कोरोना संक्रमित थपिए, ५५ जनाको मृत्यु