नेपाल समुहको स्थायी कमिटी बैठक सुरु

काठमाडौं। नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि  माधवकुमार नेपाल समुह आन्तरिक रणनीतिका तय गर्न छलफलमा जुटेको छ। मध्याह्न १ बजेबाट कलंकीस्थित मेगा बैंक्वेटमा नेपाल समुह स्थायी कमिटी सदस्यहरू छलफलमा जुटेका हुन्। देशव्यापी समानान्तर संरचना बनाउने नेपाल समूहको रणनीति छ।

केन्द्रदेखि आधारभूत तहसम्मै त्यस्ता संरचना बनाएर पार्टी विभाजनको आधार तयार गर्ने योजना देखिन्छ। त्यसका लागि ठोस नीति भने नेपाल समूहले लिन सकेको छै। आजको छलफलबाट एउटा दिशा तय गरिने स्थायी समिति सदस्य घनश्याम भुसालको भनाइ छ।  छलफलमा वरिष्ठ नेता झलनाथ खनालबाहेक सबै सहभागी भएका छन्।

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटाको उम्मेदवारी दर्ता