प्रधानमन्त्री ओलीको निर्देशन, ‘जुनसुकै बेलापनि निर्वाचनका लागि तयार रहनुहोस्’

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेलापनि निर्वाचनमा जानुपर्ने भएकाले तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। अन्तरपार्टी निर्देशन जारी गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै बेला पनि निर्वाचनमा जानुपर्ने अवस्था आउने भएकाले तयार रहन निर्देशन दिएका हुन्।

संसदको पहिलो बैठक अवरुद्ध भएको विषय संकेत गर्दै प्रधानमन्त्री ओलीले त्यसपछिका घटनाक्रमले ताजा जनादेशको आवश्यकता र औचित्यलाई पुष्टि गर्दै लगेको भन्दै यस्तो निर्देशन दिएका हुन्।

अन्य सम्बन्धित समाचार:  देउवा निवास बूढानीलकण्ठमा आज विपक्षी नेताहरूबीच छलफल हुँदै