नाकामा एक व्यक्ति १० मास्क अभियान

काठमाडौं। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले लुम्बिनी प्रदेशमा १८ हजार मास्क वितरण गरेको छ। महाखाशाले ‘एक व्यक्ति १० मास्क’ अभियानअन्तर्गत आज उक्त परिमाणको मास्क वितरण गरेको जनाइएको छ।

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलियोस् भन्ने उद्देश्यले एक व्यक्ति १० मास्क अभियान सुरु गरिएको हो। पछिल्लो समय भारतमा बढ्दै गएको कोरोना संक्रमणलाई ध्यानमा राख्दै भारतबाट नेपालमा आउने नाकामा सरकारले कडाइ गरेको छ।

नाकाका हेल्थ डेस्कलाई सक्रिय गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलसहितको टोली भैरहवा पुगेको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने