पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा कटौती, २४ सुरक्षाकर्मी फिर्ता

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह र राजपरिवारका सदस्यको सुरक्षामा खटिएका २४ जना सशस्त्र प्रहरीलाई आज फिर्ता बोलाइएको छ।

अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीत रहेका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाइएको जनाइएको छ। पूर्वराजपरिवारको सुरक्षामा ४० जना सशस्त्र प्रहरी तैनाथ थिए। अब भने १६ जनामात्रै रहेका छन्।

अन्य सम्बन्धित समाचार:  समयमा रगत नपाउँदा सुत्केरीको निधन