रेस्टुरेन्टमा आगलागीः दश लाखबराबरको क्षति

आगलागी

बगलुङ। जिल्ला सदरमुकामको मुख्य बजारको एक रेष्टुरेन्टमा आगलागी भएको छ। बजारको लोकतान्त्रिक चोकनजिकै रहेको ग्रिल एन्ड चिल रेस्टुरेन्टको किचनमा ग्यास लिक भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक इकबाल हवारीले बताए।

प्रहरीका अनुसार आगलागीबाट झन्डै १० लाखबराबरको क्षति भएको छ। आगलागीबाट रेस्टुरेन्टको किचन पूर्ण रूपमा क्षति भएको छ भने अन्य फर्निचरका सामग्री, टिभीलगायतका बहुमूल्य सामग्रीहरू जलेर नष्ट भएका छन्। बिहान ११ः४० बजेको समयमा सुरु भएको आगलागी बाग्लुङ नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले ३० मिनेटमै नियन्त्रणमा लिएका थिए।

अन्य सम्बन्धित समाचार:  ५० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग