म मर्नका लागि तयार छु, तपाईंहरुपनि तयार रहनुस्: प्रचण्ड

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मर्नका लागि तयार रहन कार्यकर्ताहरुसँग अपिल गरेका छन्। २० औं जेल ब्रेक दिवसको अवसरमा आज अखिल नेपाल महिला संघ क्रान्तिकारीले आयोजना गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउन प्रतिक्रियावादी शक्तिहरु सक्रिय रहेको जानकारी दिए।

‘१९ पेज लामो प्रतिवेदन लेख्दै गर्दा मैले बम्बार्ड द हेडक्वार्टर लेखेको छु। त्यो भनेको यो बुर्जुवा हेडक्वार्टरलाई समाप्त गर भनेको हुँ। यसो भन्दा प्रतिक्रियावादीहरु तर्सन्छन् र मलाई जेल हाल्छन् भन्ने थियो’ प्रचण्डले भने, ‘मरेरै लाग्ने हो भने यो लडाँई पनि जित्छौें भन्ने लाग्छ। म मर्नका लागि तयार छु, तपाईहरु पनि तयार रहनुस् भन्ने अपिल गर्छु।’ प्रधानमन्त्री केपी ओली प्रतिक्रियावादी शक्तिबाटै प्रयोग भइरहेको पनि उनले आरोप लगाएका छन्।

अन्य सम्बन्धित समाचार:  चोर बाटोबाट अध्यादेश ल्याइयोः नेविसंघ