सिरहा मालपोतमा बम बिष्फोट गराउने २ जना पक्राउ

काठमाडौं। सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा दुई जना पक्राउ परेका छन्। सिरहाको सुखीपुर नगरपालिका–५ घर भएका रामरिझन यादव र लक्ष्मीपुर पतारी–३ घर भएका अभिमन्यु गिरीलाई प्रहरीले पक्राउ गरेको हो।

दुवै आरोपीको साथबाट एक–एक थान कटुवा पेस्तोल र दुई–दुई राउण्ड गोली बरामद गरिएको जनाइएको छ। चैत १ मा लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा विष्फोट हुँदा ८ जना घाइते भएका थिए।

अन्य सम्बन्धित समाचार:  मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते