सरकारसँग जसपाको वार्ता सकारात्मक

काठमाडौं। जसपाका नेता महन्थ ठाकुरलेसरकारसँग सत्ता साझेदारी हुनसक्ने सम्भावना बढेको बताए। राजधानीमा आज आयोजित एक कार्यक्रममा नेता ठाकुरले यस्तो बताएका हुन्। मधेसका माग सम्बोधन गर्ने सवालमा केपी ओली नेतृत्वको सरकार सकारात्मक देखिएको भन्दै सहकार्यको सम्भावना बढेको जानकारी दिए।

उनले भने,प्रधानमन्त्री जीसँग हाम्रो कुरा भइराखेको छ। हामीले राखेका माग सम्बोधन गर्न सकारात्मक ढंगले प्रक्रिया अगाडि बढेको सन्देश प्रधानमन्त्रीबाट प्राप्त भएको छ। त्यसका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु। यसअघिका सरकारबाट आश्वासन मात्रै पाएको र ओलीसँगका संवाद सकारात्मक भएको उनको भनाइ थियो।

अन्य सम्बन्धित समाचार:  बूढानीलकण्ठमा देउवा, प्रचण्ड, उपेन्द्रको छलफल जारी