साउन १ गतेबाट लागू हुने गरी वृद्धभत्ता बढ्छ: प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बढ्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा भत्ता बढाउँछु भन्दा कसैलाई आपत्ति लाग्नसक्ने जानकारी दिए।

‘अब साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ, कसैलाई आपत्ति लाग्ला। सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट लागू हुने गरी बढाइने छ,’ उनले भने, ‘बुढाबुढी पनि हेर्न थाल्यो, यो सरकार छिटो हटाउनुर्पयो। मान्छेहरूलाई भरेबाट अर्को छटपटी शुरू हुन्छ, निद्रा लाग्दैन।’

ओलीले देश प्रचण्ड भन्ने मान्छेका पछाडि सती जानुपर्ने भनेर प्रश्न गरे। उनले आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सम्झौता प्रचण्डले नै च्यातेको बताए। ‘केहीले भन्ने गरेका छन्, आधा–आधा थियो खै आधा–आधा? भन्छन्। त्यो कागज बीचमै च्यातेर प्रचण्डले कार्यकारी चाहियो भनेको होइन?’ उनले भने।

अन्य सम्बन्धित समाचार:  धनुषामा एक वडाध्यक्षको मृत्यु