देउवालाई भेटेर प्रचण्ड बाबुरामकहाँ पुगे

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। बूढानीलकण्ठमा पुगेर देउवालाई दाहालले भेट गरेका हुन्।

भेटको पुष्टि गर्दै देउवाका स्वकीय सचिव भानु देउवाले कुराकानीका बारेमा केही जानकारी दिएनन्। “खास प्रस्ताव केही रहेनछ, समसामयिक विषयमा कुराकानी भयो,” भानु देउवाले भने। दुई नेताबीच आधाघण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो। त्यसलगत्तै प्रचण्ड जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेट्न पुगेका थिए।

अन्य सम्बन्धित समाचार:  जसपाका चार सांसदको रिटमाथी सुनुवाइ जारी