त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एकरएक लाख दिने

काठमाडौं। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ। एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो। दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। नेपालका लागि सन्जोक राई र विशाल राईले एकरएक गोल गर्नुभएको थियो।

बङ्गलादेशका लागि सान्त्वना गोल महबुबुर रहमानले गर्नुभएको थियो। नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो। विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त ग¥यो भने उपविजेता बङ्गलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ।

अन्य सम्बन्धित समाचार:  आईपीएल खेल्न भारत पुगेका अष्ट्रेलियन खेलाडी माल्दिभ्समा