सुनको मूल्य आज पनि घट्यो, तोलाको कति?

काठमाडौं। सुनचाँदीको मूल्य आज पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४०० रुपैयाँ घटेर ८५ हजार ६०० रुपैयाँ कायम भएको छ। यसअघि छापावाल सुनको मूल्य ८६ हजार प्रतितोलामा कारोबार भएको थियो। 

सोही परिमाणको तेजाबी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार गर्न सकिनेछ भने आज चाँदीको मूल्य पनि घटेको छ। यसअघि प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदीलाई आज एक हजार ११५ रुपैयाँ पर्ने महासंघले जनाएको छ। 

 

अन्य सम्बन्धित समाचार:  सुनचाँदीको मूल्य घट्यो