मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

काठमाडौं। नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धको अपविश्वास प्रस्ताव फिर्ता लिएका छन्। मंगलवार एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समुहका सांसदहरुहरुले मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन्।

गत पुस १० गते नेपाल–खनाल समुह र माओवादी केन्द्रका सांसदहरुले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। सर्वोच्चको फैसलासँगै एमाले पूर्ववत् रुपमा फर्किएसँगै एमालेले मुख्यमन्त्रीविरुद्धको अविस्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो।

यससँगै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पनि फिर्ता गरिएको जनाइएको छ। माओवादी केन्द्रसँग मिलि नेपाल–खनाल समुहले दर्ता गराएको अविश्वास प्रस्ताव फिर्ता लिएको हो।

अन्य सम्बन्धित समाचार:  अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने सरकारको निर्णय