ट्रयाक्टर दुर्घटना: एकजनाको मृत्यु‚ दुई घाइते

प्युठान। प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परि दुईजना घाइते भएका छन्।मच्छी बजारबाट निर्माण सामग्री बोकेर बादीकोट जाँदै गरेको लु ३ त १०८३ नम्बरको ट्याक्टर झिमरूक गाउँपालिका–३ डोहोटेपानीमा मंगलबार राति दुर्घटना भएको थियो। दुर्घटनामा झिमरुक–२ कमिरेपानीका २९ वर्षीय धर्बिन्द्र रामतको मृत्यु भएको छ। साथै ३४ वर्षीय प्रेम सामत र २० वर्षीय कृष्णा क्षेत्री घाइते भएका छन्।

सामतलाई उपचारका लागि बुटवल लगिएको र क्षेत्रीको जिल्ला अस्पताल प्युठानमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवीप्रसाद गैरेले बताए। ट्रयाक्टर सडकबाट झन्डै तीस मिटर तल खसेको छ। ट्रयाक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  ताप्लेजुङमा ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियान