‘प्रधानमन्त्री ज्यू, १३ करोडको होली वाइन खानु भयो, जनताले चामल खान पाउने कि नपाउने?’: सांसद रसाइली

काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रकाश स्नेही रसाइलीले बझाङ्का जनताले भोगिरहेको खाद्यान्न संकटका विषय प्रति सरकारको ध्यानाकर्षण गराएका छन्। आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बझाङका जनताले चामल खान पाउने कि नपाउने भन्दै प्रधानमन्त्री आलीसँग जवाफ माग गरेका छन्।

‘प्रधानमन्त्री ज्यू, तपाईंहरूको सरकार बनिसके पछाडि १३ करोडको होली वाइन खानु भयो। बझाङका जनताले चामल खान पाउने कि नपाउने? म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यसको जवाफ माग्न चाहन्छु’ सांसद रसाइलीले भने। उनले बझाङका जनता खाद्यान्न समस्यामा परिरहँदा प्रधानमन्त्री केपी ओलीले चासो नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

अन्य सम्बन्धित समाचार:  सदूरपश्चिममा अक्सिजनको हाहाकार