मेलम्चीको पानी अहिले ल्याएको हैन, ३० वर्षदेखिको प्रयास सफल भएको होः सांसद केसी

काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले मेलम्ची खानेपानी अहिले आफैंले ल्याएको जसरी हुँकार गर्नुभन्दा ३० वर्षदेखिको प्रयास सफल भएको रुपमा लिनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मेलम्ची खानेपानी आउनु काठमाडौंबासीका लागि सुखद् भएको जानकारी दिए। ‘यो जस र अपजस लिनेभन्दा पvनि पूरा भएकोमा खुसी हुनुपर्ने हो,’ उनले भने, ‘अहिले आफैंले मात्र ल्याएको जसरी मैले नै झारेँ भनेर हुँकार गर्नु कति जायज हुन्छ?’

३० वर्षदेखि प्रयास भयो कि अहिले झारियो भन्ने कुरामा सबै जानकार रहेको उनले दाबी गरे। संसद् पुनस्र्थापना भएकाले अहिले बोल्न पाइएको भन्दै उनले पाँच वर्षका लागि प्राप्त जनताको अधिकार बचेको दाबी गरे।

अन्य सम्बन्धित समाचार:  जसपाका चार सांसदको रिटमाथी सुनुवाइ जारी