पार्टी कार्यालयका लागि राम्रो भवन खोजी रहेका छौंः माधव नेपाल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता (निलम्बित) माधव कुमार नेपालले पार्टी कार्यालयका लागि आफूहरूले पनि पार्टी कार्यालय खोजी रहेको बताएका छन्। आज युवा संघ नेपालको कार्यालय भवन उद्घाटन गर्दै नेता नेपालले आफुहरुले पनि राम्रो कार्यालय भवनको खोजी गरिरहेको बताएका हुन्।

साथै उनले प्रधानमन्त्री ओलीलाई सच्चिने अन्तिम मौका भएको बताए। उनले फागुन २८ गतेको निर्णय फिर्ता लिएर ९ औं महाधिवेशनबाट निर्वाचित कमिटीका आधारमा अघि बढे अझै एमाले एकताको आसाको त्यान्द्रो बाँकी रहेको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक