प्रतिनिधि सभाको बैठक सकियो, अर्को बैठक चैत २३ गते

काठमाडौं। प्रतिनिधि सभाको आज बसेकोे बैठक सकिएको छ। अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए। आजको बैठकमा विभिन्न दलका सांसदहरुले शून्य र विशेष समयमा आफ्नो धारणा राखेका थिए।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पनि पेस भएको छ। नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयकसम्बन्धी विकास तथा प्रविधि समितिको प्रतिवेदन पनि पेस भएको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटाको उम्मेदवारी दर्ता