कोरिडोरको सवारी व्यवस्थापन: ट्राफिकले खटायो ‘सिएमटी’

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडोरका सडकमा सवारी आवागमन व्यवस्थापनका लागि आजदेखि छुट्टै ट्राफिक टोली परिचालन गरेको छ। कोरिडोर क्षेत्रका सडक प्रयोग बढाउँदै मुख्य सडक क्षेत्रमा जाम कम गर्ने लक्ष्यसहित ‘कोरिडोर म्यानेजमेन्ट टिम’ (सिएमटी) परिचालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले जानकारी दिए।

महाशाखाले आज एक समारोहबीच उक्त टोलीलाई ट्राफिक ज्याकेट हस्तान्तरण गर्दै तोकिएको क्षेत्रमा खटिने गरी परिचालन गरेको छ। कोरिडोरको ट्राफिक व्यवस्थापन १५ समूहमा ३० जना प्रहरी खटाइएको छ। कोरिडोर सडक प्रयोग बढाउँदा मुख्य रुटमा सवारीसाधनको चाप कम हुने हुँदा जाम घट्ने आशा लिइएको भट्टराईले बताए।

अन्य सम्बन्धित समाचार:  माटोको ढिस्कोले पुरिएर आमा—छोराको मृत्यु